सुदूरपश्चिम


महेन्द्रनगरमा तरकारी तथा फलफूलमा विषादी परीक्षण, काँक्रा खान अयोग्य

महेन्द्रनगरमा तरकारी तथा फलफूलमा विषादी परीक्षण, काँक्रा खान अयोग्य

गोकुल जोशी
बैशाख १६, २०८२ मंगलबार १८:५, कञ्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा तरकारी तथा फलफूलमा विषादी परीक्षण गरिएको छ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई अत्तरिया, कैलालीको सहयोग र कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा तरकारी तथा फलफूलमा विषादी परीक्षण गरिएको हो।

सदरमुकाम महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा विषादी परीक्षण गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले बताए।

उनका अनुसार परीक्षणका क्रममा काँक्रामा विषादी पाइएकाले उपभोग अयोग्ग रहेको छ। विभिन्न किसानले बारीबाट ल्याएका काँक्रो, काउली, भन्टा, भिडी, लौका, करेला, तरबूजा, रायो, सिमी, आलु लगायत १८ किसिमका बालीको नमूना लिएर परीक्षण गरिएको थियो।

जसमा काँक्राका २ नमूनामा विषादी पाइएकाले उपभोग गर्न अयोग्य भएको सिजापतीले बताए। विषादी भेटिएका किसानका बालीलाई तत्काल बिक्रीका लागि नल्याउन भनिएको उनले बताए।

विषादी भेटिएका काँक्रामा ५३ देखि ५४ प्रतिशतसम्म अर्गानोफस्फेट नामक विषादी भेटिएको छ। जबकी ४५ प्रतिशत भन्दा बढी विषादी पाइएमा विसर्जन गर्नुपर्ने हुन्छ।

महेन्द्रनगर बाहेक अन्य क्षेत्रका विभिन्न प्रकारका तरकारी तथा फलफूलमा पनि विषादी हुनसक्ने आशंका छ। तर नियमित जाँचका लागि मेसिन छैन। परीक्षणबिना तरकारी तथा फलफूल उपभोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ।

विषादी परीक्षण गर्ने मेसिन खरीद गरेर स्थानीय तहसहित अन्य सम्बन्धित निकाले नियमित परीक्षण गर्नुपर्ने आवश्यकता रहेको तरकारी खरिद गर्न महेन्द्रनगर सब्जिमण्डी पुगेका उपभोक्ताको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad