सुदूरपश्चिम


बाजुराको त्रिवेणी नगरपालिकामा भ्रष्टाचार, तत्कालीन २ हाकिमसहित ८ जनाविरुद्ध मुद्दा

बाजुराको त्रिवेणी नगरपालिकामा भ्रष्टाचार, तत्कालीन २ हाकिमसहित ८ जनाविरुद्ध मुद्दा

नेपालखबर
चैत ३१, २०८१ आइतबार १७:५५, कञ्चनपुर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको त्रिवेणी नगरपालिकाको किम्नी खोला ट्रस पुल निर्माणमा अनियमितता गरेको अभियोगमा ८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अनुसन्धानका क्रममा कामभन्दा बढी बिल बनाई रकम हिनामिना गरेको, गुणस्तरहीन सामग्री प्रयोग गरेको र नगरपालिकालाई ४ लाख ३१ हजार हानी पुर्‍याएको पाइएको आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ। 

त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज थापामगर, खगेन्द्र साउँद, इन्जिनियर नवीन साउद र सवइन्जिनियर राजेन्द्र बहादुर विक, असिस्टेन्ट सवइन्जिनियर राजेन्द्रबहादुर साउद, उपभोक्ता समिति अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढाविरुद्ध आरोप पत्र दायर गरिएको हो। 
 
त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत थापामगरसंग २ लाख ६ हजार ९३५ रुपैयाँ बिगो असुल उपर, कैद र जरिवाना समेतको सजाय माग गरिएको छ। यस्तै, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत साउँदसंग २ लाख २४ हजार ५५० रुपैयाँ बिगो असुल उपर, कैद र जरिवाना समेतको सजाग माग गरिएको छ।

इन्जिनियर नवीन साउद र सवइन्जिनियर राजेन्द्रबहादुर विक, असिस्टेन्ट सवइन्जिनियर राजेन्द्रबहादुर साउदसंग ४ लाख ३१ हजार ४८५ रुपैयाँ बिगो असुल उपर, कैद र जरिवाना समेत सजाय माग गरिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।

उपभोक्ता समिति अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढालाई ४ लाख ३१ हजार ४८५ रुपैयाँ बिगो जफत र सजायको माग दाबी अख्तियारले गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad