राजनीति


नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीच ५ बुँदे सहमति

नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीच ५ बुँदे सहमति

नेपालखबर
चैत ३१, २०८१ आइतबार १७:३८, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टी छोङछिङको पार्टी स्कुल र माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश पार्टी स्कुलबीच पाँचबुँदे सहमति भएको छ। सम्झौता पत्रमा दुवै पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। 

सम्झौता पत्रमा पार्टी निर्माण, राज्य सरकार सहयोग,  कार्यकर्ता प्रशिक्षण, पार्टी स्कुल विकास, कार्यकर्ता शिक्षा, तालिम प्रणाली, पाठ्यक्रम निर्माण, सिकाइ प्रणालीको विकास, माक्सवादको नवीन विकास, मार्क्सवादको सैद्धान्तिक र व्यवहारिक प्रयोग, प्राज्ञिक चिन्तन र बहस, द्विपक्षीय उच्चस्तरीय भ्रमण, संयुक्त गोष्ठी र सम्मेलनलगायत रहेका छन्। 

नेपाली प्रतिनिधिमन्डल प्रमुख दिनानाथ शर्मा र सीपीसीको अन्तर्राष्ट्रिय विभागका निर्देशक चाङ जु जिङको उपस्थितिमा सम्झौता भएको हो।

सम्झौता ५ वर्षलाई भएको नेकपा माओवादी केन्द्रले जनाएको छ। हरेक ५ वर्षमा सम्झौता नवीकरण गर्नुपर्नेछ। 

५ दिने  छोङ्छिङ भ्रमणको अन्तिम दिन  टोली  नेता दिनानाथ शर्माले भ्रमणले दुई राष्ट्रबीच  विकसित भएको सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्ने बताए। भ्रमणले समाजवादी क्रान्तिलाई साम्यवाद तिर अग्रसर गराउन पनि महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखे।

जनताको जीवनस्तर सुधार गर्दै छोटो समयमा छोङ्छिङलगायतका अरु क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै चीनले अंगिकार गरेको विकास मोडललाई नेपालले पनि अनुसरण गर्नु पर्ने शर्माको भनाइ थियो। 

त्यस्तै, सीपीसीको अन्तर्राष्ट्रिय विभागका निर्देशक चाङ जु जिङले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको बेला भएको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा थप इटा थपेको उल्लेख गरे। 

उनले छोङछिङ र नेपालको भूगोल र जनसंख्या  उस्तै उस्तै भएको उल्लेख गर्दै नेपाल संग चीनको गहिरो सम्बन्ध रहेको धारणा राखे । 

यस्तो भ्रमणले चीन नेपाल सन्बन्धलाई थप उचाइमा लैजाने उनको विश्वास थियो। चिनियाँ प्रधानमन्त्रीले छिमेकीहरूसँग सधै सुमधुर सम्बन्ध राख्ने नीति लिएको अन्य चिनियाँ नेताहरूले बताएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad