कञ्चनपुरमा जंगली हात्ती मृत फेला परेको छ।
बिहीबार बिहान जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा मरेको हात्ती फेला परेको हो।
दोधारा चाँदनी नगरपालिका–३ का वडाध्यक्ष हरिसिंह धनाडीका अनुसार बिहान ६ बजे खेतमा गहुँ काट्न गएका स्थानीयले मरेको हात्ती देखेका हुन्।
गहुँ खेतनजिकै हात्ती मृत अवस्थामा भेटिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकको टोली घटनास्थलतर्फ गइरहेको छ।
भाले हात्तीको सुड केही खोस्रिएको छ।
बर्सेनि बडुवाल टोलका स्थानीयको अन्नबालीमा जंगली हात्तीले क्षति गर्ने गरेका छन्।
जंगली हात्तीको बथानले यहाँका स्थानीय आतंकित छन्।
कञ्चनपुरको लालझाडी गाउँपालिका-३ जाईँमा गत फागुनमा एउटा जंगली हात्ती मृत फेला परेको थियो।
138
Shares

प्रतिक्रिया