पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आज बिहीबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने पुरुष घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बा०१००६ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–१८ की ३० वर्षीया निर्मला बोहराको मृत्यु भएको हो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी बोहराको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा परेर मोटरसाइकल चालक भीमदत्त नगरपालिका-१८ का ३० वर्षीय महिमान विष्ट घाइते भएका छन्।
प्रहरीका अनुसारको उनको हातमा चोट लागेको छ।
ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
2.0k
Shares

प्रतिक्रिया