समाज


विद्यालयको कोठामा मृत फेला परे ७५ वर्षीय चौकीदार

विद्यालयको कोठामा मृत फेला परे ७५ वर्षीय चौकीदार

नेपालखबर
फागुन १५, २०८१ बिहिबार ११:१३, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाको असिग्राम माध्यमिक विद्यालयमा एक वृद्ध मृत फेला परेका छन्। 

शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ७५ वर्षीय चिमड्या सोती विद्यालयभित्रै मृत फेला परेका हुन। सोती विद्यालयका चौकीदार भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बिहीबार बिहान विद्यालयको कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो। 

सोती सोही विद्यालयमा चौकीदारको रुपमा कार्यरत थिए। उनको मृत्युको कारण खुलेको छैन। 

अहिले घटनास्थलममा इलाका प्रहरी कार्यालय झलारीको टोली पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad