सुदूरपश्चिम


कञ्चनपुरमा मोेटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

कञ्चनपुरमा मोेटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

नेपालखबर
माघ २८, २०८१ सोमबार २२:०, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार मोटरसाइकल दुर्घटनामा परेर भीमदत्त नगरपालिका–१३ वडैपुरका २१ वर्षीय गणेश विष्ट र भीमदत्त नगरपालिका–१६ एयरपोर्टका २१ वर्षीय कैलाश सिंह साउद रहेका छन्।

महाकाली पक्की पुलको पहुँच मार्ग (भाइरल रोडले चिनिने) मा तीव्र गतिमा रहेको सुप प्र ०१ ०१२ प ९२४९ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भएर सोमबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मोटरसाइकल दोधारा चाँदनीबाट गड्डाचौकीतर्फ आइरहेको थियो।

अनियन्त्रित भएर मोटरसाइकल विजुलीको पोलमा ठोक्किँदा चालक र सवार दुवै जना गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad