सुदूरपश्चिम


गाडी रोकेर रास्वपा कार्यकर्ताले पूर्वमुख्यमन्त्री रावललाई गरे दुव्यर्वहार

गाडी रोकेर रास्वपा कार्यकर्ताले पूर्वमुख्यमन्त्री रावललाई गरे दुव्यर्वहार

गोकुल जोशी
माघ १२, २०८१ शनिबार १९:२९, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दुव्यर्वहार गरेका छन्। 

शनिबार काम विशेषले धनगढी जाने क्रममा कञ्चनपुरको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दैजी चोकमा रास्वपाका कार्यकर्ताहरुले दुव्यर्वहार गरेका हुन।

रावलको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै दुव्यर्वहार गरेको घटनाको भत्र्सना गरेको छ। रास्वपा कार्यकर्ताहरुले पूर्वमुख्यमन्त्री रावल चढेको गाडीलाई रोकेर चालकलाई गालीगलौज र हातपातको प्रयास गर्नुका साथै गाडी तोडफोडको प्रयास गरेको दाबी विज्ञप्तिमा गरिएको छ।

‘घटनाका बेला सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरी मूकदर्शक भएर अराजकसमूह अगाडि निरिहता देखाएकोमा आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ,‘अराजक कार्यकर्ताहरुले सामाजिक सञ्जालहरुमा चरित्र हत्या हुने ढंगले भिडिओको केही अंश राखेर घटनालाई अतिरञ्जित गर्दै व्यक्तिगत र सामाजिक जीवनमा आँच पुर्‍याउने कुकृत्यप्रति  आपत्ति जनाएको छ।’ 

यस्ता कार्यमा संलग्नलाई कारबाहीका लागि कानुनी बाटो खोजिने विज्ञप्तिमा भनिएको छ। विदाको दिन प्रदेशसभा सचिवालबाट सवारी अनुमति लिएर सरकारी काम विशेषले गइरहेका बेला अनावश्यक रुपमा योजनाबद्ध ढंगले उछृङखल समूहले बाटो छेकेर अमानवीय व्यवहार प्रदर्शन गरेको रावलको सचिवालयले जनाएको छ। 

घटनाको सत्य, तथ्य छानबिन गरी दोषी उपर कारबाहीको माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad