राजनीति


अखिल क्रान्तिकारीमा मतगणना सुरु, विजय सापकोटालाई सुरुवाती अग्रता

अखिल क्रान्तिकारीमा मतगणना सुरु, विजय सापकोटालाई सुरुवाती अग्रता

नेपालखबर
माघ १२, २०८१ शनिबार १९:४८, काठमाडौँ

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ। 

लुम्बिनी प्रदेशबाट प्राप्त भएको मतगणनाको विवरणमा विजय सापकोटालाई सुरुवाती अग्रता मिलेको छ। 

अहिलेसम्म ४० मत गन्दा अध्यक्षमा सापकोटाले २२, हेमन्त राइले ११, सुदिन पौडेलले २ र उपदेश यादवले शून्य मत  पाएका छन्। ५ मत बदर भएको छ। लुम्बिनीमा कुल १९४ मत खसेको छ। 

त्यस्तै बागमती प्रदेशमा पनि मतगणना सुरु भएको छ। आजै रातीसम्म मतगणनाको सम्पूर्ण विवरण आइसक्ने बताइएको छ। 

अखिल क्रान्तिकारीमा अध्यक्षका लागि उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad