सुदूरपश्चिम


‘प्रहरी हौँ’ भन्दै १६ वर्षीया किशोरीलाई अपहरण गरेर बन्धक, दुईजना पक्राउ

‘प्रहरी हौँ’ भन्दै १६ वर्षीया किशोरीलाई अपहरण गरेर बन्धक, दुईजना पक्राउ

नेपालखबर
पुस १६, २०८१ मंगलबार १७:१, कञ्चनपुर

कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई अपहरण गरेर शरीर बन्धक गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ का ३५ वर्षीय महेश सिंह खत्री र सोही ठाउँका ३३ वर्षीय धुर्व जोशी छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार शनिबार भीमदत्त नगरपालिका–६ शिव मन्दिर नजिक नहरमा ती १६ वर्षीया किशोरी साथीहरूसँग हिँडिरहेकी थिइन्। त्यसैबेला मोटरसाइकलमा अपरिचित दुई जना आए।

‘हामी प्रहरी हौँ’ भनेर आएका ती व्यक्तिले बालिकालाई लगेको सूचना आएको प्रहरीले जनाएको छ।

त्यसपछि खोजीमा खटिएको प्रहरीले ती किशोरीलाई भीमदत्त नगरपालिका–१६ बसन्तपुरबाट उद्धार गरेको थियो। अपहरण गरेर किशोरीलाई बन्धक बनाउने कार्यमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धक लिन नहुने कसूरमा हिरासतमा राखिएको छ।

जिल्ला अदालत कञ्चनपुरबाट ७ दिनको म्याद थप गरेर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। किशोरीलाई अपहरण गर्दा प्रयोग गरिएको बा.५५.प. ९६१३ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

पीडित किशोरीलाई अहिले परिवारको जिम्मा लगाइएको छ। उनी महेन्द्रनगरमा डेरा गरी बस्थिन्।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad