गायक टंक तिमिल्सिनाको नयाँ गीत ‘मनमाया’ युट्युवको म्युजिकतर्फको ट्रेडिङ ६ प्रवेश गरेको छ।
पाँचदिनअघि सार्वजनिक यस गीतले युट्युवमा झण्डै सात लाख भ्युज पाइसकेको छ।
तिमिल्सिनासहित गीतमा चर्चित गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ। टंककै शब्द र संगीत रहेको गीतलाई पुस्कर खत्रीले म्यूजिक एरेन्ज गरेका छन्।
गीतको भिडिओमा गायक टंकसँगै चर्चित मोडल आस्मा विश्वकर्मा, दिपक ढकाल र हेमराज अधिकारी (खण्टे खलास)को नृत्य तथा अभिनय रहेको छ। विक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा सुनिता लाम्गाडको र्याप रहेको छ।
पछिल्लो समय युवाले एकदमै रुचाएकी मोडल आस्मा विश्वकर्माको हट नृत्य तथा अभिनय हेर्न सकिन्छ ।
यस अघिभन्दा ‘मनमायाँ’ मा केहि फरक र नयाँ पन ल्याएका कारण धेरै स्रोता तथा दर्शकले मन पराएको प्रतिक्रिया पाएको गायक तिमिल्सिनाले बताए।
तिमिल्सिनाले यसअघि लोक, आधुनिक र देउडा सहित करिव ४ सय गीत बजारमा ल्याइसकेका छन्।
पछिल्लो समय उनी देश तथा विदेशका विभिन्न मेला महोत्सवमा व्यस्त छन्।
Shares

प्रतिक्रिया