सुदूरपश्चिम


नालीमा ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु

नालीमा ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु

नेपालखबर
पुस १६, २०८१ मंगलबार ९:४९, कञ्चनपुर

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार मंगलबार बिहान साढे ३ बजे आलिताल गाउँपालिका–१ घण्टेश्वरमा ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा परेर मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–१० पहलवानपुरका ३० वर्षीय विशाल चौधरी छन्।

भीमदत्त राजमार्गअन्तर्गत साहुखर्कबाट गैरातर्फ आउँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर अनियन्त्रित भएर नालीमा पल्टिँदा चालक चौधरी च्यापिएका थिए।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad