सुदूरपश्चिम


सुदूरपश्चिमका ५ स्थानमा ५७ प्रतिशत मत खस्यो, केही ठाउँको गणना आजै

सुदूरपश्चिमका ५ स्थानमा ५७ प्रतिशत मत खस्यो, केही ठाउँको गणना आजै

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १७:४२, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका ५ स्थानमा उपचुनावअन्तर्गत आइतबार मतदान सम्पन्न भएको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार निर्धारित समयमा ५७ प्रतिशत मत खसेको छ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका, बझाङको सुर्मा गाउँपालिका–४, दार्चुलाको दुहँ गाउँपालिका–५, डोटीको पूर्वीचौकी गाउँपालिका–६ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा शान्तिपूर्वक मतदान सम्पन्न भएको हो।

प्रदेका ५ स्थानमा १७ हजार ३ सय १३ मतदाता थिए। तीमध्ये ५७ प्रतिशत अर्थात् ९ हजार ७ सय ८८ जनाले मत खसालेका छन्।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि सम्पन्न मतदानमा ३ हजार ९ सय ३ मत खसेका छन्।

बझाङको सुर्मा गाउँपालिका–४ मा १ हजार १ सय ७८ मत, दार्चुलाको दुहुँ गाउँपालिका–५ मा ८ सय ७७ मत, डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा ८ सय ३९ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा २ हजार ९ सय ९१ म्त खसेको छ।

मतदान सम्पन्न भएकाले सर्वदलीय बैठक बसेर गणनाको टुंगो लाग्ने छ।

कञ्चनपुर, दार्चुला, डोटी र बझाङमा आजै मत गणना हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad