बागमती


दोलखाको गौरीशंकरमा ५० प्रतिशतभन्दा कमले मात्रै गरे मतदान, मतगणना भोलि

दोलखाको गौरीशंकरमा ५० प्रतिशतभन्दा कमले मात्रै गरे मतदान, मतगणना भोलि

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १७:५४, काठमाडौँ

दोलखाको गौरीशंकर गाउँपालिकामा ५० प्रतिबतभन्दा कमले मात्रै मतदान गरेका छन्।

गाउँपालिका उपाध्यषका लागि भएको मतदानमा ७ हजार ५ सय ८९ जनाले मतदान गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

यहाँ जम्मा १५ हजार ७ सय १८ जना मतदाता थिए। त्यसमध्ये करिव ४८ प्रतिशतले मात्रै मतदान गरेका हुन्। अहिले अधिकांस वडाको मतपेटीका मुचुल्का गरेर संकलन गर्ने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी गेलालले बताए।

तर गौरीशंकरमा भोलि सोमबार मात्रै मतगणना हुने भएको छ। वडा नं ९ को मतपेटीका भोलि बिहान हेलिकप्टरबाट ल्याइने भएको छ।

वडा टाढा र विकटमा रहेका कारण आज मतपेटीका ल्याउन संभव नभएको प्रशासनको भनाई छ। गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए।

उनको गतवर्ष निधन भएपछि उप निर्मवाचन भएको हो। निर्वाचनमा ७ राजनीतिक दल र ९ जना स्वतन्त्र गरि १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad