सुदूरपश्चिम


कञ्चनपुरमा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु, आफन्तले गरे आगजनी

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु, आफन्तले गरे आगजनी

गोकुल जोशी
कात्तिक २७, २०८१ मंगलबार १६:४०, कञ्चनपुर

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको बसको ठक्करबाट मृत्यु भएको हो। 

सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड इङगलिस बोर्डिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। विद्यार्थी उतारेर बस अघि बढ्दा डायमण्ड स्कुलमै अध्ययरत अनमोलको खुट्टामा गम्भीर चोट लागेको थियो। 

भारतको लखनौंस्थित ईभीए अस्पतालमा उपचारको क्रममा बालकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए। 

स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित बनेका छन्। 

दोषीमाथि कारबाहीको माग गर्दै विद्यालयमा भेला भएपनि अहिले सो क्षेत्र तनावग्रस्त छ। 

आक्रोशित आफन्त र स्थानीयले विद्यालयभित्रबाट फर्निचर निकालेर आगो लगाएका छन्। विद्यालयमा अहिले बाँक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad