सुदूरपश्चिम


महेन्द्रनगर बजारबाट ब्राउन सुगरसहित दुई जना भारतीय पक्राउ

महेन्द्रनगर बजारबाट ब्राउन सुगरसहित दुई जना भारतीय पक्राउ

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १७:२५, कञ्चनपुर

कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारबाट लागुऔषध कारोबार गर्ने दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। बिहीबार दिउँसो महेन्द्रनगरको गल्ली नम्बर ५ बाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश रामपुरका २६ वर्षीय रिहान अली र २८ वर्षीय दुखरान अली रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक डम्बर भट्टले जानकारी दिए। 

उनका अनुसार लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनापछि लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई जाँच गरेको थियो। 

युपी २२ एडी ७२६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले प्लाष्टिकमा बेरेर लागुऔषध खैरो हेरोइन खल्तीमा राखेको फेला परेको थियो।

उनीहरूको साथबाट २८.३५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। ब्राउन सुगरसहित समातिएका भारतीय नागरिक अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन्। 

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad