कारोबार


सय दिनमा गर्छु भनेका १० मध्ये यी ८ काम पूरा गरे भौतिकमन्त्री दाहालले

सय दिनमा गर्छु भनेका १० मध्ये यी ८ काम पूरा गरे भौतिकमन्त्री दाहालले

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १७:३०, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १०० दिनमा १० वटा काम पूरा गर्ने लक्ष्य राखेकोमा ८ वटा पूरा गरेको बताएका छन्।

दाहालले १०० दिने प्रगति सार्वजनिक गर्दै एउटाको लक्ष्य करिब पूरा भएको र एउटाको आधा मात्रै प्रगति भएको बताएका हुन्। 

१० लक्ष्यमा राजमार्ग अवरोध भए २ घण्टामा खोल्ने लक्ष्य पूरा गरेको उनले बताए। 

४ हजार ३८ किमि पटके मर्मत गर्न लक्ष्य राखेकोमा खाल्डाखुल्डी पुरिए पनि बाढीले बगाउँदा पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। 

त्यस्तै उनले राष्ट्रिय राजमार्गको ३२.५ किमि लक्ष्य राखेकामा ३० किमि सडक कालोपत्रे गरिएको बताए। 

सिद्धबाबा सुरुङमार्गअन्तर्गत २४० मिटर लक्ष्य राखिएकोमा ३९७ मिटर खन्ने काम सकिएको छ। नागढुंगा सुरुङमार्गअन्तर्गत मुख्य सुरुङको लाइनिङ गर्ने कार्य सकिएको जनाएको छ। 

बर्दिबास चोचा रेलमार्ग खण्डमा लक्ष्यअनुसार ३ वटा रेल पुल निर्माण सम्पन्न भई १६ वटा पुल निर्माण सम्पन्न भएको छ। 

प्रदेशस्तरबाट क्युआर कोडसहितको सवारी चालक अनुमतिपत्र छपाइ र यातायात व्यवस्था विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सम्झौता भएको छ। 

पानी जहाज सञ्चालनसम्बन्धी विधेयकको छपाइ सम्पन्न भई संघीय संसदमा पेस गर्न तयारी अवस्थामा रहेको र पानीजहाजका काम गर्दै गरेका नेपालीको तथ्यांक संकलनका लागि वेब एप्लिकेसन तयार गर्न परामर्शदाता छनौटको चरणमा रहेको मन्त्रीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad