ad ad

सुदूरपश्चिम


अछाममा भीम रावलले भने- एकीकृत समाजवादीमा जाने उद्देश्य छैन

अछाममा भीम रावलले भने- एकीकृत समाजवादीमा जाने उद्देश्य छैन

अछाममा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा भीम रावल


नेपालखबर
भदौ २५, २०८१ मंगलबार ११:३४, कञ्चनपुर

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आफू नेकपा एकीकृत समाजवादीमा नजाने दाबी गरेका छन्।

प्रेस चौतारी अछामले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले आफू एकीकृत समाजवादीमा जाने सोचमा नरहेको बताएका हुन्। 

‘नेताहरूसँग कुराकानी हुनु स्वाभाविक हुन्छ। तर मैले कुनै पार्टी, नेकपा एकीकृत समाजवादीमा जाने उद्देश्य पनि छैन। उहाँहरूले भीम रावल ल्याउँछु भनेको कुरा उहाँहरूको होला,’ रावलले भने, ‘त्यसमा मेरो केही कुरा छैन।’

वार्ता कमिटीपछि अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्दा पनि आफूले उठान गर्दै आएको राजनीतिक विषय टुंगो नलागेको रावलको गुनासो छ। 

१०औँ महाधिवेशनमा अध्यक्षमा ओलीको इच्छाविपरीत प्रतिस्पर्धा गरेपछि एमालेमा रावल पाखा लगाइएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .