ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने अन्तिम दिन, कांग्रेसबाट फेरि कमल शाहको तयारी

सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने अन्तिम दिन, कांग्रेसबाट फेरि कमल शाहको तयारी

कमलबहादुर शाह


नेपालखबर
साउन २०, २०८१ आइतबार ९:४६, कञ्चनपुर।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको समय आज सकिँदै छ।

गत शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले आइतबार (आज) अपराह्न ५ बजेसम्मको समय दिएर सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ मुख्यमन्त्री चयन गर्न लागिएको हो।

नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेको छ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो कार्यकाल मुख्यमन्त्रीमा दोहोरिने तयारीमा छन्।

तथापि कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा, सांसदद्वय बहादुरसिंह थापा र दिवानसिंह विष्ट पनि मुख्यमन्त्रीको दौडमा छन्।

नेपाली कांग्रेसले मुख्यमन्त्री र मन्त्रीका विषयमा निर्णय गर्न आइतबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको छ।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेको थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .