ad ad

सुदूरपश्चिम


प्रदेश सभामा उठ्यो सहकारीदेखि सिरोहिया प्रकरण, कांग्रेस र रेशम पक्षले गर्‍यो बैठक बहिस्कार

प्रदेश सभामा उठ्यो सहकारीदेखि सिरोहिया प्रकरण, कांग्रेस र रेशम पक्षले गर्‍यो बैठक बहिस्कार

नेपालखबर
जेठ १३, २०८१ आइतबार १६:३०, कञ्चनपुर

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षले सुदूरपश्चिम प्रदेश सभा बैठक बहिष्कार गरेको छ।

आइतबार दिउँसो ३ बजे सुरु भएको प्रदेश सभा बैठक उनीहरुले बहिष्कार गरेर प्रदेश सभाबाट बाहिरिएका छन्।

बजेट अधिवेशनअन्तर्गत आइतबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी आर्थिक वर्ष २०८१/०८२ सम्बन्धिन विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यतालिका छ।

सभामुख भीमबहादुर भण्डारीले बैठकको कारबाही सुरु गरेलगत्तै कांग्रेस र नाउपाका रेशम पक्षका सांसद उभिएर विरोध जनाए।

‘सहकारी ठगी प्रकरणमा रवी लामिछानेको चर्चा आएको छ। केन्द्रीय संसद अवरुद्ध छ। यहाँ पनि कयौँ मान्छे सहकारी ठगी गरेर भागेका छन्। कैलाश सिरोहियालाई थुनेर बिग मिडिया हाउसलाई दुर्व्यवहार भएको छ। त्यसको जवाफ पनि हामीलाई चाहिएको छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी भने।

त्यसपछि उनीहरु ‘नागरिक उन्मुक्ति पार्टीको दल नेता स्पष्ट गर, सञ्चार जगतलाई तर्साउने कार्य बन्द गर, सहकारी छानबिन समिति गठन गर’ लगायत नारा लगाउँदै बैठकबाट बाहिरिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .