ad ad

कारोबार


गाउँका सडक २.७ प्रतिशत कालोपत्रे हुँदा संघीय सरकारका ५३.२ प्रतिशत

गाउँका सडक २.७ प्रतिशत कालोपत्रे हुँदा संघीय सरकारका ५३.२ प्रतिशत

नेपालखबर
जेठ १३, २०८१ आइतबार १६:३२, काठमाडौँ

संघीय सरकारअन्तर्गतका सडक आधा बढी कालोपत्रे हुँदा प्रदेश र स्थानीय तहका २.७ प्रतिशत मात्रै कालोपत्रे भएका छन्। 

आर्थिक सर्वेक्षण २०८१ अनुसार कुल सडकमध्ये कालोपत्रे ५३.२ प्रतिशत, खण्डास्मित २२.५ प्रतिशत र कच्ची सडक २४.३ प्रतिशत रहेको छ।

२०८० फागुनसम्म १८,२४१ किलोमिटर कालोपत्रे, ७,६९७ किलोमिटर खण्डास्मित र ८,३२९ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४,२६७ किलोमिटर पुगेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म १८९ किलोमिटर सडक कालोपत्रे स्तरमा र १९० किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको छ भने २८ किलोमिटर थप नयाँ सडक निर्माण भएको छ ।

स्थानीय पूर्वाधार अन्तर्गत २०७९ फागुनसम्म ६६ हजार ५७ किलोमिटर सडक विस्तार भएकोमा २०८० फागुनसम्म ६७ हजार २ सय ४६ किलोमिटर सडक विस्तार भएको छ।

स्थानीय सडक पूर्वाधारअन्तर्गत निर्माण भएका सडकमध्ये कालोपत्रे ७.२ प्रतिशत, ग्राभेल २१.२ प्रतिशत र कच्ची सडकको अंश क्रमश ७१.६ प्रतिशत रहेको छ।

प्रदेश र स्थानीय स्तरका सडक सञ्जालमध्ये २०८० फागुनसम्म निर्माण भएको ६७ हजार २ सय ४६ किलोमिटर सडकमध्ये हिमालमा १६ प्रतिशत, पहाडमा ५५  प्रतिशत र तराईमा २९  प्रतिशत सडक निर्माण भएको छ।

स्थानीय पूर्वाधार अन्तर्गत २०८० असारसम्म ६८५ सडकपुल निर्माण भएकोमा २०८० फागुनसम्म ६९२ सडकपुल निर्माण भएका छन् । 

स्थानीय तह प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २०८० असारसम्म ८७ स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न भएकोमा २०८० फागुनसम्म ९७ प्रशासकीय भवन निर्माण सम्पन्न भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .