सुदूरपश्चिम


कञ्चनपुर घटनाका दोषीलाई युवा संघले गर्‍यो कारबाही

कञ्चनपुर घटनाका दोषीलाई युवा संघले गर्‍यो कारबाही

नेपालखबर
भदौ १, २०८० शुक्रबार २०:३५, काठमाडौँ

राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुर घटनाका दोषी दुई केन्द्रीय सदस्यसहित चारजनालाई कारबाही गरेको छ। 

गत २७ साउनमा संघको दशौं कञ्चनपुर जिल्ला अधिवेशनमा अनुशासनविपरित काम गरेको अभियोगमा केन्द्रीय सदस्यहरु केशव चन्द, रोहितजंग कुँवर, केन्द्रीय लेखा आयोगका सचिव प्रविन बोगटी र नविन चन्दलाई कारबाही गरिएको संघका प्रवक्ता निरोज पौडेलले बताए।
 
अधिवेशनमा संघका निर्वाचन आयोग प्रमुख बलराम वेल्वासेमाथि हातपात गर्नुका साथै भिमदत्त–१८ का वडाध्यक्ष तथा एमाले जिल्ला सदस्य रविन्द्र देवकोटामाथि ज्यानमार्ने अभिप्रायका साथ सांघातिक आक्रमणमा उनीहरु संलग्न रहेको पुष्टि भएको पनि पौडेलले जानकारी दिए।
 
घटनाका विषयमा उनीहरुलाई स्पष्टिकरण सोधिएकोमा जवाफ चित्तबुझ्दो नभएको, भौतिक आक्रमणमा संलग्न देखिएको र एमाले केन्द्रीय कार्यादलले निकालेको निष्कर्षका आधारमा साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरिएको महासचिव सुमन पुरीले विज्ञप्तिमार्फत जनाएका छन्।

छानबिनका लागि एमालेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad