नेकपा माओवादी केन्द्रले बाबुराम गौतम र अशोककुमार मण्डललाई केन्द्रीय सदस्यमा पुनर्बहाली गरेको छ।
गौतमले कोशी प्रदेशको सभामुख बनेपछि पार्टीबाट राजीनामा दिएका थिए। उनले सभामुखबाट राजीनामा दिएसँगै पुनर्बहाली भएको महासचिव देव गुरुङले नेपालखबरलाई जानकारी दिए।
यस्तै, गतवर्ष भएको निर्वाचनमा बागी उम्मेदवारी दिएर कारबाहीमा परेका अशोककुमार मण्डलको पनि कारबाही फुकुवा गरेर पुनर्बहाली गरिएको छ।
‘सभामुख भएपछि रिक्त रहेको ठाउँमा बाबुरामजीको पुनर्बहाली गर्ने निर्णय गरियो,’ महासचिव गुरुङले भने, ‘गत चुनावमा बागी उम्मेदवारी दिने अशोकजीको पनि कारबाही फुकुवा भयो।’
गुरुङका अनुसार उनीहरुको पद पहिलाकै अवस्थामा कायम भएको हो। उनले नयाँ केन्द्रीय सदस्य थप नगरिएको पनि दाबी गरे।
78
Shares

प्रतिक्रिया