सुदूरपश्चिम


युवा संघ कञ्चनपुरको अधिवेशनबारे छानबिन गर्न एमालेले बनायो समिति

युवा संघ कञ्चनपुरको अधिवेशनबारे छानबिन गर्न एमालेले बनायो समिति

नेपालखबर
साउन २९, २०८० सोमबार १९:७, काठमाडौँ

राष्ट्रिय युवा सङ्घ नेपालको कञ्चनपुर जिल्ला अधिवेशनका सन्दर्भमा भएको गतिविधिबारे छानबिन गर्न नेकपा एमालेले छानबिन समिति बनाएको छ।

पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

अधिवेशनमा भएका गतिविधि चिन्ताजनक र पार्टी पार्टी र युवा सङ्घको मर्यादालाई नसुहाउने खालका गतिविधि भएकाले त्यस सम्बन्धमा आवश्यक छानबिन गरी समस्या समाधान गर्न छानबिन समिति गठन गरिएको उनले बताए।

पार्टी उपाध्यक्ष ज्ञवालीको संयोजकत्वमा गठित छानबिन समितिको सदस्यमा जनसम्पर्क सङ्गठन समन्वय समितिका संयोजक भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य ज्वालाकुमार शाह सदस्य रहेको तीन सदस्य छानबिन समिति गठन गरिएको उमहासचिव ज्ञवालीले बताए।

समितिलाई छानबिन र समाधानको सबै जिम्मेवारी निर्णय गरेको छ। 

युवा संघको १०औँ जिल्ला अधिवेशनमा नयाँ कमिटी गठनलाई लिएर भाँडभैलो मच्चिएको थियो।

नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा युवा फाँट इन्चार्ज महेश बस्नेतले घोषणा गरेको युवा संघको नयाँ कमिटीको काउन्टरमा समानान्तर कमिटी नै गठन भएको थियो। 

युवा संघका नेता नवीन चन्दको नेतृत्वमा ५१ सदस्यीय समानान्तर कमिटी गठन गरिएको थियो। 

बस्नेत सहभागी अधिवेशनको बन्दसत्रले दिनेश बिष्टको अध्यक्षतामा ४५ सदस्यीय कमिटी घोषणा गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .