ad ad

राजनीति


गठबन्धनको निष्कर्षः सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन समिति चाहिँदैन

‘अनुसन्धान ‘डाइभर्ट’ गर्न छानबिन समितिको मुद्दा उठायो’
गठबन्धनको निष्कर्षः सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन समिति चाहिँदैन

नेपालखबर
साउन २९, २०८० सोमबार १९:३१, काठमाडौँ

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। सोमबार अपरान्ह महान्यायाधिवक्तासहित बसेको बैठक केहीबेर अघिमात्र सकिएको हो। 

गठबन्धनको बैठकमा ललिता निवासबारे सर्वोच्चको आदेश, गौर हत्याकाण्डका पीडितसँग भएको सम्झौता र संसद् अवरोधबारे छलफल भएको जनाइएको छ। 

बैठकमा सहभागी नेताहरूले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नचाहिने बताएका थिए। एमालेले अनुसन्धान डाइभर्ट गर्नमात्रै यो मुद्दा उठाएको गठबन्धनका नेताहरुको निष्कर्ष छ।

‘सुनकाण्डको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक छैन, यो बनाइयो भने बन्दै गरेकोमा डिरेल हुन्छ,’ बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपालखबरसँग भने।

सिआईबीले अनुसन्धान अघि बढाएको भन्दै त्यसमा उच्चस्तरीय छानबिन समिति बनाउन नपर्ने गठबन्धनले निर्णय गरेकाे छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .