ad ad

सुदूरपश्चिम


धनगढीको एसपीए कलेजले सुदूरपश्चिम र कर्णालीका विद्यार्थीलाई छात्रवृत्ति दिने

धनगढीको एसपीए कलेजले सुदूरपश्चिम र कर्णालीका विद्यार्थीलाई छात्रवृत्ति दिने

नेपालखबर
असार १२, २०८० मंगलबार १९:०, धनगढी

धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) ले प्रदेश विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ।

एसपीएले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रत्येक जिल्लामा लागू हुने गरि उक्त विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो।

छात्रवृत्ति योजना अनुसार सुदूर र कर्णाली प्रदेशका प्रत्येक जिल्लाका दुई दुई जना विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्तिमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिने क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए।

यो छात्रवृत्ति योजना सुदूरपश्चिमका ९ र कर्णाली प्रदेशका १० जिल्लामा लागू हुनेछ।

छात्रवृत्ति छनोट समितिका संयोजक देवराज भट्टका अनुसार एसपीएले उपलब्ध गराएको लिंक वा कलेजमै आई छात्रवृत्ति फाराम भर्न सकिन्छ।

कलेजका अनुसार कक्षा १० (एसईई) मा जिल्लाभरी सर्वोत्कृष्ट, एथलेटिक्स, क्रिकेट, फुटबल, उसु, तेक्वान्दो, भलिबललगायत खेलमा कम्तीमा प्रदेशस्तरीय प्रतिस्पर्धी, सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका तर आर्थिक रुपमा विपन्न जेहेन्दार, विद्यालय तहमा साइन्स एक्स्पो, इन्नोभेसन, अन्वेषण जस्ता गणित, विज्ञान प्रविधिमा भाग लिएको वा खोज गरेको, गीत, संगीत, कलाका क्षेत्रमा अग्रसर तथा पठनपाठनमा अब्बल, नेतृत्वकला, वक्तृत्वकला, उद्यमशीलतामा उत्कृष्टता भएका जुनसुकै विद्यार्थीले पनि छात्रवृत्तिका लागि अप्लाई गर्न सक्नेछन् ।

आवेदन दिनका लागि जुनसुँकै ठाउँबाट पनि लिंकमा गएर आवश्यक विवरणहरु भरि आवेदन दिन सकिन्छ। अथवा एसपीए कलेजमा आई फाराम भरेर पनि आवेदन दिन सकिने क्याम्पस प्रमुख उपाध्यायले बताए।

यही असार ३० गते बेलुका ५ बजेसम्म छात्रवृत्तिका लागि फाराम भर्न सकिने र साउन ३ गते बिहान ८ बजेदेखि अन्तर्वार्ता हुने क्याम्पसले जनाएको छ।  

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरु पाइसकेको एसपीए कलेजमा कक्षा ११ मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, मानविकि, शिक्षा, कानुन र आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्न चाहने विद्यार्थीहरुले उक्त छात्रवृत्ति फाराम भर्न सक्नेछन्।

यो छात्रवृत्ति कलेजमा प्रदान गरिने नियमित छात्रवृत्ति भन्दा छुट्टै हुने कलेजले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .