ad ad

राजनीति


अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै हो : सञ्चारमन्त्री शर्मा

अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै हो : सञ्चारमन्त्री शर्मा

नेपालखबर
असार १२, २०८० मंगलबार १९:१, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छिन्।

मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने अफवाह मात्रै भएको बताइन्।

उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रविद्धता अनुसार अघि बढिरहेको बताइन्। 

‘सरकारले बालुवाटार जग्गा प्रकरणमा छानबिन गर्नु हठात हुँदैन। यस्तो कुरामा गहिरो अध्यनन अनुसन्धान हुन्छन्। प्रमाण पुर्‍याउनुपर्ने हुन्छ हठात भन्ने कुरा हुँदैन,’ उनले भनिन्, ‘यो लोमो समयदेखि अनुसन्धानमा थियो। केही व्यक्तिहरु पक्राउ परेको कुराहरु आएको छ। सरकारले सुशासन कायम गर्ने भ्रष्टाचारका बिरुद्धमा लड्ने भन्ने प्रतिवद्धता गरेको छ।’

मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कामय गर्न दृढ भएर सरकार अघि बढेको अवस्थामा सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै भएको उनले बताइन्।

मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा प्रक्राउ गरिएको बताइन्। उनले सरकारले अनुसन्धान कुन तहसम्म पुर्‍याउने भन्दा पनि अनुसन्धानले जहाँ पुर्‍याउँछ त्यहाँसम्म पुग्ने बताइन्।

‘भ्रष्टाचार गर्नेहरु तल्लो र माथिल्लो तह भन्ने हुँदैन। भ्रष्टाचार कुन तहकाले गर्‍यो भन्ने भन्दा पनि भ्रष्टाचार गर्‍यो की गरेन भन्ने कुरा मुख्य हो,’ उनले भने, ‘भ्रष्टाचारको मुद्दामा सरकार कुन तहमा जाने नजाने भन्ने भन्दा पनि जसको विरुद्धमा प्रमाण पुग्छ। जसलाई अनुसन्धानले प्रमाण पुग्ने देख्छ। उनीहरुमा आकर्षित हुने हो। कहाँसम्म पुग्छ भन्दा पनि अनुसन्धानले कहाँ पुर्‍याउँछ भन्ने कुरा हो। सरकार ढल्ने हल्ला मैले सुनेको छैन। सरकार ढल्नुपर्ने कारण केही छैन। सरकार राम्रोसँग चलिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .