सुदूरपश्चिम


ढुंगा लोड गरेको ट्रयाक्टरबाट खसेर १५ वर्षीय किशोरको मृत्यु

ढुंगा लोड गरेको ट्रयाक्टरबाट खसेर १५ वर्षीय किशोरको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार १३:४९, कञ्चनपुर

बाजुरामा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। त्रिवेणी नगरपालिका–९ का १५ वर्षीय नितेश थापाको ट्याक्टरबाट खसेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–९ गडतोलास्तिथ बूढीगंगा नदीको किनारबाट ढुङ्गा लोड गरेर फर्किने क्रममा से १ त १४०८ नम्बरको ट्रयाक्टरबाट उनी खसेका थिए।

शरीरमा भित्री चोट लागेर गम्भीर घाइते भएका थापाको उपचारको लागि डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा शनिबार बेलुका बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। ट्रयाक्टर चालक त्रिवेणी नगरपालिका–४ तोलीका ३५ वर्षीय गगन साउदले फरार छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .