ad ad

सुदूरपश्चिम


रक्सीको सुरमा जब वीरबहादुरले आफ्नै घरमा आगो लगाए...

रक्सीको सुरमा जब वीरबहादुरले आफ्नै घरमा आगो लगाए...

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार ६:३४, सुदूरपश्चिम

जाँड-रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पुर्‍याउँछन् भन्ने कुरा धनगढीमा भएको एक घटनाले चरितार्थ गरेको छ।

मादक पदार्थ खाएर नशामा रहेका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार घरको बीच कोठामा निज विष्टले रातिको समयमा लगाएको आगोले कोठामा रहेको लत्ता कपडा, सोफसेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै रु ७० हजार मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ।

प्रहरी र स्थानीयको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको थियो। 

आफ्नै घरमा आगो लगाउने वीरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .