ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेश सरकार विस्तार, नागरिक उन्मुक्ति भएन सामेल

सुदूरपश्चिम प्रदेश सरकार विस्तार, नागरिक उन्मुक्ति भएन सामेल

(फाइल तस्बिर) सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह।


गोकुल जोशी
जेठ ६, २०८० शनिबार १६:५५, कञ्चनपुर

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार विस्तार गरेका छन्। शाहले नेकपा माओवादी केन्द्रबाट ३  र कांग्रेसबाट १ जना गरी ४ जना मन्त्री नियुक्त गरेका छन्। 

नेकपा माओवादी केन्द्रबाट रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण र झपट साउद सामाजिक विकास मन्त्री नियुक्त भएका छन्।

यस्तै माओवादीकै समानुपातिक सांसद गीतादेवी माल  उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएकी छन्।

नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका छन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिएका छन्।

दुई मन्त्रालय नपाएपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति सरकारमा सामेल भएन। उन्मुक्तिको भागमा भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय परेको थियो। 

योसँगै सामाजिक विकास मन्त्रालय पनि पाउनु पर्ने नागरिक उन्मुक्तिको अडान छ।

‘दुई मन्त्रालय नपाएकाले हामी सरकारमा मन्त्री पठाएनौँ,’ संसदीय दलका नेता घनश्याम चौधरीले भने, ‘सुरुवातदेखि दुई पूर्ण र एक राज्यमन्त्रीमा दाबी छ।’

गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त शाहले अर्को दिन कांग्रेसका प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए। त्यसपछि सत्तारुढ गठबन्धनमा भागबण्डा टुंगो नलाग्दा लामो समयसम्म मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .