ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेशसभा सरेको सर्‍यै भएपछि कांग्रेसको प्रश्न– संसद कहिलेसम्म छल्ने?

सुदूरपश्चिम प्रदेशसभा सरेको सर्‍यै भएपछि कांग्रेसको प्रश्न– संसद कहिलेसम्म छल्ने?

नेपालखबर
माघ २६, २०७९ बिहिबार १३:४०, कञ्चनपुर

नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभालाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरेको छ।

प्रदेश सभा बैठक सरेको सर्‍यै भएपछि कांग्रेसका सांसद मेघराज खड्काले जनजीविका सवाल उठाइने संसदलाई बन्धक नबनाउन आग्रह गरेका हुन। 

‘विश्वासको मत लिने कार्यसूची थियो, बैठक सारेको सर्‍यै छ, प्रदेश सभालाई यसरी बन्धक बनाउन मिल्दैन,’ उनले नेपालखबरसँग कुराकानी गर्दै भने, ‘विश्वासको मत लिन नसक्ने भए निकास दिनुपर्‍यो।’

आफूहरुसँग केही सल्लाह नै नगरी सभामुख भीमबहादुर भण्डारीले अमुख पार्टीको निर्देशनमा बैठक सारिरहेको उनले आरोप लगाए।

‘बैठकमा सहभागी हुन आएका माननीय ज्यूहरु घाम तापेर बसिरहेका छन्, हिजोबाट बैठक आज सारियो, फेरि ४ बजे पुर्‍याइएको छ,’ उनले भने, ‘एक महिना यस्तै घर्किएको छ, विश्वासको मत लिएर जनताको पक्षमा काम गर्नुको सट्टा बैठक छल्ने काम भइरहेको छ।’

२७ माघभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था भएकाले काँग्रेसका नेताहरुले सत्ताको नेतृत्वकर्ता एमालेलाई कहिलेसम्म संसद छल्ने भनेर प्रश्न समेत गरेका छन्।

३ माघमा सभामुख र उपसभामुख चयनपछि करिब तीन साता भन्दा बढि समय बितिसक्दा पनि प्रदेश सभा बैठक बस्न सकेको छैन।

११ माघमा तोकिएको बैठक अनिश्चितकालका लागि स्थगन भएको थियो। फेरि मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची बमोजिम बुधबार प्रदेश सभा बैठक डाकिएको थियो।

त्यो बैठक पनि स्थगित भएर बिहीबार दिउँसो १ बजेका लागि बैठक राखिएको थियो। तर यो बैठक पनि ३ घण्टा सारेर ४ आज ४ बस्ने भएको छ।

सत्ता साझेदार नागरिक उन्मुक्तिका ७ साँसद विश्वासको मत नदिने अडान सहित संघीय राजधानीमा छन्। उनीहरुको समर्थनविना विश्वासको मत नपाउने भएपछि बैठक सारिएको हो।

नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहले सभामुख भीमबहादुर भण्डारीलाई भेटेर यस बारेमा ध्यानाकर्षण गराएका छन्। उनले तत्काल प्रदेश सभा बैठक बोलाउनु पर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .