सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेशसभा बैठक सर्‍यो, ४ बजे बस्ने

सुदूरपश्चिम प्रदेशसभा बैठक सर्‍यो, ४ बजे बस्ने

फाइल।


नेपालखबर
माघ २६, २०७९ बिहिबार १३:६, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ। बिहीबार दिउँसो १ बजे तोकिएको बैठक ३ घण्टापछिका लागि सारिएको छ। 

आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ। प्रदेश सभा बैठक ४ बजेसम्मका लागि सरेको संसद सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले बताए।

सत्ता साझेदार नागरिक उन्मुक्तिका ७ साँसद विश्वासको मत नदिने अडान लिएर संघीय राजधानी काठमाडौँमा छन्।

उनीहरुको समर्थन विना विश्वासको मत नपाउने भएपछि बैठक सारिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad