ad ad

राजनीति


एमाले सचिवालय बैठक च्यासलमा

एमाले सचिवालय बैठक च्यासलमा

च्यासलमा जारी एमाले सचिवालय बैठक। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
माघ २६, २०७९ बिहिबार १३:५८, काठमाडौँ

सत्ता साझेदार नेकपा एमालेको सचिवालय बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु बसिरहेको छ।

एक घण्टादेखि बसिरहेको यो बैठकमा सुदूरपश्चिम सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका विषयमा केन्द्रित छ।

पुस २७ गते सुदूरपश्चिममा मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावल संकटमा परेपछि एमालेले उनलाई जोगाउने उपाय खोजिरहेको छ।

रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति असन्तुष्ट भएर विश्वासको मत नदिने पक्षमा उभिएको छ। जसका कारण आजसम्म विश्वासको मत नपाए रावल सरकार ढल्नेछ।

यता एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि आजै बस्दैछ। दिउँसो ३ बजे बस्ने यो बैठकको एजेन्डाबारे पनि एमाले बैठकमा छलफल हुँदैछ।

त्यसैगरी आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन पनि एमालेको एजेन्डा हो। माओवादी केन्द्र राष्ट्रपतिबारे अनिर्णित बसेपछि एमालेले यो बैठकबाट थप रणनीति बनाउने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .