ग्लोबल


भूकम्पले ३ मिटर पश्चिम सर्यो टर्कीको जमिन, के के मा पर्न सक्छ असर?

भूकम्पले ३ मिटर पश्चिम सर्यो टर्कीको जमिन, के के मा पर्न सक्छ असर?

नेपालखबर
माघ २६, २०७९ बिहिबार १३:८, काठमाडौँ

सोमवार गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण टर्कीको जमीन १० फिट अर्थात करिब ३ मिटर पश्चिमतिर सरेको छ।

यो दावी इटालीका भूकम्प विज्ञ डा. कार्लो डोग्लियानीले गरेका हुन्। यसअघि सन् २०११ मा जापान र सन् २०२२ मा भारतको पनि जमिन भासिएको समाचार आएको थियो।

विज्ञहरुका अनुसार यो पृथ्वी ठूला ठूला टेक्नोकिक प्लेटमाथि अवस्थित छ। यी प्लेटमुनि तरल पदार्थ लाभा रहेको छ। यी प्लेट लगातार तैरिरहन्छन्। त्यहीक्रममा कयौँ पटक एकआपसमा ठोक्किन पुग्छन्। 

टर्कीको धेरै भूभाग एनाटोलियन टेक्नोकिक प्लेटमाथि रहेको छ। यो प्लेट युरोशियन, अफ्रिकन र अरबियन प्लेटको बीचमा फसेको छ। 

जब अफ्रिकन र अरबियन प्लेट यताउता सर्छन् तब टर्कीमुनिको अर्को प्लेट स्यान्डविच जसरी फस्न पुग्छ। यसका कारण पृथ्वीभित्र ऊर्जा उत्पन्न हुन्छ र भूकम्प जाने गर्छ। सोमवार टर्कीमा उत्तरी एनाटोलियन फल्ट लाइनमा भूकम्प आएको हो।

इटालीका भूगर्भविद ड. कार्लो डोग्लियोनीका अनुसार एनाटोलियन टेक्नोकिक प्लेट र अरबियन प्लेट एक अर्काबीचबाट २२५ किलोमिटर सरेका छन्। यसकै कारण टर्की आफ्नो भौगोलिक स्थानबाट १० फिट सरेको हो। 

डोग्लियोनीले बताए अनुसार टेक्नोकिक प्लेटमा भएको यस परिवर्तनले टर्की, सिरियाको तुलनामा ५ देखि ६ मिटर अर्थात लगभग २० फिटभित्र पसेको छ। 

तर उनले यो कुरा आफूले अहिले प्राप्त विवरणका आधारमा भनेको बताइरहेका छन्। उनले आगामी दिनमा यसबारे स्याटलाइट तस्बिरबारे अझै सटिक जानकारी मिल्न सक्ने बताएका छन्। 

डरहम विश्वविद्यालयमा स्ट्रक्चरल जियोलोजीका प्रोफेसर डा. बब होल्ड्सवर्थ यति शक्तिशाली भूकम्प आउँदा प्लेट सर्नुलाई स्वभाविक मान्छन्। 

उनले भूकम्पको तीव्रता र टैक्टोनिक प्लेट सर्नुमा सिधा सम्बन्ध छ। यसमा अनौठो मान्नुपर्ने त्यस्तो केही कुरा छैन। 

उनकाअनुसार ६.६ देखि ६.९ म्याग्निच्युडको भूकम्प आउँदा टेक्नोकिक प्लेटक मिटरसम्म सर्न सक्छ। अहिलेसम्मको जानकारी अनुसार भूकम्प आएपछि यो प्लेट १० देखि १५ मिटरसम्म सरेको छ।

१० फिट जमिन सर्नुको मतलब
प्रोफेसर होल्ड्सवर्थका अनुसार यति शक्तिशाली भूकम्पबाट यदि टर्की आसपासको टेक्नोकिक प्लेटमा ३ देखि ६ मिटर तेस्रो सरेको हो भने त्यो स्वाभाविक हो। भूकम्पविदहरुले टर्की यति शक्तिशाली भूकम्प आउने क्षेत्रमै पर्ने बताएका छन्।

टेक्नोकिक प्लेट यसरी तेर्सो सर्दा सडक, भवन, बोरिङ, पानी र पेट्रोल पाइप लाइन नै तोडमोड हुन सक्छ। साथै यसले नदीको दिशा पनि फेरिन सक्छ।

युनिभर्सिटी कलेज लण्डनमा भूकम्प भूगर्भ और प्राकृतिक विपद् विषयका प्रोफेसर डा. जोआना फरे वाकरले टर्कीका यी दुई धक्का स्लिप भूकम्प थिए।

उनले स्ट्राइक-स्लिप फल्ट्सका कारण ७ या ७ म्याग्निच्युडको भूकम्प आउने आशंका हुन्छ। जुन अहिले टर्कीमा देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad