ad ad

राजनीति


देउवा र थापा दुवैले एकसाथ गरे दलको नेतामा मनोनयन

देउवा र थापा दुवैले एकसाथ गरे दलको नेतामा मनोनयन

दलको नेताका लागि मनोनयनका क्रममा देउवा र थापा। तस्बिर : नेपालखबर


नेपालखबर
पुस ५, २०७९ मंगलबार १५:३२, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले एकसाथ मनोनयन दर्ता गराएका छन्। 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा स्थापित निर्वाचन समितिको कार्यालयमा पुगेर दुवैजनाले एकसाथ उम्मेदवारी दिएका हुन्। 

देउवाका लागि दलको नेतामा वरिष्ठ नेता रामचन्द्र पौडेल प्रस्ताव बसेका छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन्। 

उता थापाको प्रस्तावकमा डा. शेखर कोइराला छन्। उनको समर्थकमा महामन्त्री विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ र काठमाडौं ५ बाट विजयी युवा नेता प्रदीप पौडेल उभिएका छन्।

मंगलबार मनोनयन दर्ता सकिएपछि अब बुधबार चुनाव हुनेछ। यस पटक दलको नेतामा गगनले सभापति देउवालाई बलियो चुनौती दिने आँकलन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .