ad ad

सुदूरपश्चिम


अन्तर्घात गर्नेविरुद्धका उजुरीबारे निर्णय गरेर पठाउन कांग्रेस कञ्चनपुरको निर्देशन

अन्तर्घात गर्नेविरुद्धका उजुरीबारे निर्णय गरेर पठाउन कांग्रेस कञ्चनपुरको निर्देशन

नेपालखबर
मंसिर १९, २०७९ सोमबार १३:५३, काठमाडौँ

नेपाली कांग्रेस कञ्चनपुरले मंसिर ४ मा सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारमाथि अन्तर्घात गर्नेहरु विरुद्ध परेका उजुरीलाई विधिवत् निर्णय गरी पठाउन मातहतलाई निर्देशन दिएको छ।

कांग्रेस कञ्चनपुरले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरुलाई परिपत्र गरेर निर्वाचनमा अन्तर्घात गर्नेहरुविरुद्ध परेका उजुरीलाई विधिवत् निर्णय गरी पठाउन निर्देशन दिएको हो। 

जिल्ला सचिव भीम भट्टद्वारा जारी परिपत्रमा आगामी पुस ८ गतेभित्र उजुरीलाई निर्णय गरी पठाइसक्नु पर्ने उल्लेख छ। 

यसअघि आइतबार केन्द्रीय अनुशासन समितिले निर्वाचनमा अन्तर्घात गर्नेहरु विरुद्ध जिल्ला र प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउन निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .