सुदूरपश्चिम


दार्चुला सीमाबाट भारत प्रवेश गर्ने नेपालीलाई कडाइ

भारतीय पक्षले बन्द गराएको पुल खुल्यो
दार्चुला सीमाबाट भारत प्रवेश गर्ने नेपालीलाई कडाइ

गोकुल जोशी
मंसिर १९ , कञ्चनपुर

दार्चुलामा भारतीय पक्षले नेपाल–भारत आवागमनमा कडाइ गरेको छ।

मंगलबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि बुधबारदेखि भारतीय पक्षले आवागमनमा कडाइ गरेको हो।

भारतीय नागरिकले बुधबार बिहान दार्चुलास्थित महाकाली नदीमाथिको पुल बन्द नै गराएका थिए। करिब दुई घण्टा बन्द गरेको पुल अहिले भने खुलेको छ।

‘अरु दिन सधै जसो ७ बजे पुल खुल्थ्यो, तर आज नेपालतिर पुल खुल्दा पनि भारततर्फ खुलेको थिएन,’ महाकाली नगरपालिका–४ का अध्यक्ष जगतबहादुर चुनाराले भने, ‘दुई घण्टा पछि पुल खुलेको छ।’

उनका अनुसार पुल बन्द हुँदा काम गर्न महाकाली पारी भारततर्फ धार्चुला जाने नेपाली नागरिक रोकिएका थिए। पुल खुलेपछि उनीहरु भारततर्फ गइरहेका छन्।

तर भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले भारततर्फ जाने नेपाली नागरिकमाथि कडाइ गरेका छन्। उनीहरुले परिचय खुल्ने कागजपत्र हेरेर मात्रै भारत प्रवेश दिइरहेका छन्।

‘नेपालतिर बाट दैनिक ज्याला मजदुरी गर्न भारततर्फ जान्छन्, एसएसबीले कोरोना महामारीको समयमा परिचय खुल्ने कागजपत्र हे¥थ्यो,’ अध्यक्ष चुनाराले भने, ‘पछि कहिले काही मनलाग्दी चेकजाँच हुन्थ्यो, आजबाट फेरि चेक गरिरहेका छन् ।’

उनका अनुुसार भारतीय पक्षले नेपालीको नागरिकता, मतदाता परिचय पत्र वा आधार कार्ड हेरेर भारत प्रवेश दिइरहेको छ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा अनावश्यक चेकजाँच गरेर सास्ती दिइरहेको स्थानीय मोहनसिंह डोबालले बताए। सीमामा बारम्बार तनाव हुँदा पनि सरकार मुकदर्शक बनेको उनको आरोप छ।

महाकाली नदीको धार परिवर्तन गर्ने गरी भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकले आइतबार विरोध गरेका थिए। त्यसपछि भारतीय नागरिकले नेपालीमाथी ढुंगा प्रहार गर्दा नेपालीले पनि प्रतिकारमा उत्रिएका थिए।

महाकाली वारिपारी दोहोरो ढुंगा हानाहान हुँदा चार जना नेपाली सामान्य घाइते समेत भएका थिए। त्यसको विरोधमा मंगलबार नेपाली नागरिकले पुल बन्द गराएका थिए। बुधबार बिहान भारतीय पक्षले दुई घण्टा फेरि पुल बन्द गराएको थियो।

बिहान केही समय बन्द रहेको पुल अहिले खुलेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घराज उपाध्यायले बताए। भारतीय प्रशासनसंगको छलफलमा नेपाली पक्षसंग समन्वय गरेर महाकालीको धार परिवर्तन नहुने गरी तटबन्धन गर्ने सहमति भएको छ।

‘महाकालीको धार परिवर्तन नहुने गरी तटबन्धन निर्माण गर्ने सहमति भएको छ, विवाद नरहेको ठाउँमा अहिले काम गर्ने भनेका छन्,’ उनले भने, ‘अहिले स्थिती सामान्य छ ।’

घटनापछि भारतीय पक्षको व्यवहारमा कुनै परिवर्तन नआएको उनले बताए। ‘हामी नेपालतर्फ आउँदा पनि सामान्य परिचय पत्र हेर्छौ,’ उनले भने, ‘भारतीय पक्षको व्यवहारमा कुनै फरक छैन, सहजै ओहोरदोहोर गरिरहेका छन्।’

मंसिर १९, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.