बैतडीमा प्रहरी सवार गाडी दुर्घटना भएको छ। पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको गाडी दुर्घटना भएको हो।
निर्वाचनमा खटिएका प्रहरी सवार गाडी सडकबाट दुई सय मिटर तल खसेको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ। केही मानिसको हाताहाती भएको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लोकराज जोशीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। ‘गाडी सडकबाट खोलामा खसेको छ, ४/५ जना अचेत अवस्थामा छन्, मृत्यु भए/नभएको पुष्टि हुन सकेको छैन,’ पाटन नगरपालिका–४ का वडाध्यक्ष दीपक विष्टले भने।
घाइते ६ जनालाई उपचारका लागि पाटनस्थित अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लोकराज जोशीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। ‘दुर्घटनाको खबरपछि हामी घटनास्थलतर्फ आएका छौं, घटनाको विस्तृत विवरण आइसकेको छैन।’ प्रहरी निरक्षक जोशीले भने।
Shares

प्रतिक्रिया