सुदूरपश्चिम


कञ्चनपुर कांग्रेसले १५ नेता कार्यकर्तालाई गर्‍यो कारबाही

कञ्चनपुर कांग्रेसले १५ नेता कार्यकर्तालाई गर्‍यो कारबाही

गोकुल जोशी
कात्तिक १४, २०७९ सोमबार १५:१७, महेन्द्रनगर

नेपाली कांग्रेस कञ्चनपुरले आफ्ना १५ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ। 

कांग्रेसका आधिकारिक उम्मेदवार र समर्थन गरेका वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र तिनका समर्थक, प्रस्तावकलाई कांग्रेसले कारबाही गरेको हो।

कांग्रेसको विधानको परिच्छेद ९ को धारा ३४ को १ (घ) बमोजिम साधारण सदस्य समेत नरहने गरी १५ जनालाई पार्टीबाट निष्कासित गरिएको जिल्ला अनुशासन समिति संयोजक नाफुसिंह साउदद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

कारबाहीमा पर्नेमा भीमदत्तका दीपकबहादुर सिंह, शारदा चन्द, दुर्गादत्त पाण्डेय, मदन दमाई, पिताम्बर जोशी र बेदकोटका नारायण बोहरा रहेका छन्। 

यस्तै, शुक्लाफाँटाका वीरबहादुर बोहरा, दिल्लीराज पनेरु, जगदिश अवस्थी, मोतिराम राना, सञ्जिवसिंह राना, कृष्णपुरका गिरीराज पाण्डेय, खेम चौधरी, दोधारा चाँदनीका धनबहादुर शाही र पुनर्वासका जगत सायर पनि कारबाहीमा परेका छन्।

कारबाहीमा परेकामध्ये भीमदत्तका दीपक र शारदा कञ्चनपुर–३ मा रमेश लेखकविरुद्ध ‘बागी’ उठेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad