ad ad

सुदूरपश्चिम


अछाम पहिरो : एकै परिवारका ५ सहित ९ जनाको मृत्यु

४ जना घरभित्रै पुरिएको आशंका
अछाम पहिरो : एकै परिवारका ५ सहित ९ जनाको मृत्यु

गोकुल जोशी
असोज १, २०७९ शनिबार १०:६, कञ्चनपुर

अछाममा अविरल वर्षा पछि परेको पहिरोमा परेर एकै परिवारका पाँच जना सहित ९ जनाको मृत्यु भएको छ।

जिल्लाको कमल बजार नगरपालिका–८ र ६ मा गरेर ९ जनाको मृत्यु भएको भएको त्यहाँका मेयर यज्ञप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार कमल बजार नगरपालिका–८ ढुगांलामा छिउरे दमाइ सहित उनको ५ जनाको परिवार पहिरोमा सखाप भएको छ। उनीहरुको शव निकालेको मेयर ढकालले बताए।

यस्तै, कमल बजार नगरपालिका–६ मा ४ जनाको मृत्यु भएको छ भने अझै ४ जना घरमा पुरिएको आशंका गरिएको छ। पहिरोमा परेर घाइते भएका ४ जनालाई उद्धार गरेर उपचारका लागि मंगलसेन लगिएको छ।

‘वडा नम्बर ६ मा केहीबेर अघि वडाध्यक्षसंग सम्पर्क हुँदा ४ जनाको शव भेटिएको जानकारी दिनु भएको थियो, अहिले त्यहाँ सम्पर्क हुन सकेको छैन,’ मेयर ढकालले भने, ‘अझै ४ जना घरभित्रै पुरिएको आशंका गरिएको छ।’

अछामको कमल बजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोले ठूलो क्षति पुर्‍याएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए।

यद्यपि, क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .