ad ad

समाज


खेमराज राईले पाए ‘यमबुद्ध शान्ति दौड’ उपाधि

खेमराज राईले पाए ‘यमबुद्ध शान्ति दौड’ उपाधि

तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
असोज १, २०७९ शनिबार १०:११, काठमाडौँ

‘यमबुद्ध शान्ति दौड’ को उपाधि खेमराज राईले हात पारेका छन्। राजधानीमा शनिबार बिहान भएको दौडमा राई पहिलो भएका हुन्। 

त्यस्तै, सन्तोष आचार्य दोस्रो र भुपेन्द्र गुरुङ तेस्रो भएका छन्।

काठमाडौंको नयाँ बानेश्वरबाट ‘यमबुद्ध शान्ति दौड’ सुरु भएको थियो। सुरु हुनुपूर्व नयाँ बानेश्वरमा युवा विद्यार्थी एवं संगीतप्रेमीहरुको जमघट गराइएको थियो। 

नयाँ बानेश्वरबाट पुरानो बानेश्वर, मैतीदेवी, कालिकास्थन, पुतलीसडक, प्रर्दशनिमार्ग, भद्रकालि, माइतीघर, बबरमहल हुँदै शान्ति दौड पुनः नयाँ बानेश्वरमै आएर समारोहमा परिणत भएको फाउन्डेसनले जनाएको छ।

दौडमा १ सय १५ जना सहभागी भएका थिए।

सहभागीहरुले स्व. र्यापर यमबुद्ध (अनिल अधिकारी)को तस्बिर अंकित टि–शर्ट लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .