कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
मंगलबार बिहान परेको चट्याङमा परेर पुनर्वास नगरपालिका –६ प्रतिभा नगरका ३५ बर्षीय देबेन्द्र श्रेष्ठ र वडा नम्बर - ८ ‘क’ गाउँकी २५ वर्षीय शारदा थापाकाे मृत्यु भएको हो।
खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।
72
Shares
प्रतिक्रिया