ad ad

खेल


जितको खुसियालीमा अर्जेन्टिनी फ्यान स्टेडियममै अर्धनग्न, हुन सक्छ जेल सजाय

जितको खुसियालीमा अर्जेन्टिनी फ्यान स्टेडियममै अर्धनग्न, हुन सक्छ जेल सजाय

नेपालखबर
पुस ४, २०७९ सोमबार १०:५६, काठमाडौँ

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जित्दा फरक फरक किसिमले खुसियाली मनाउने क्रम जारी छ।

कतारको लुसैल स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन गोन्जालो मोन्टियलले अन्तिम पेनाल्टी हानेपछि एकजना फ्यान अर्धनग्न भएकी छन्।

स्टेडियममा फ्रान्सलाई पराजित गरेपछि अर्जेन्टिनाको राष्ट्रिय झण्डायुक्त ब्यानरसहितकी एकजना महिला समर्थक अर्धनग्न भएकी हुन्। 

अर्जेन्टिनाको जर्सीमा रहेकी ती फ्यान अर्धनग्न भएपछि कतारको कानुन अनुसार उनलाई जेल सजाय हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

अर्जेन्टिनाको शानदार जीतपछि उत्साहपूर्ण खुसियाली मनाउने क्रममा उनले आफ्नो शरीरको माथिल्लो भागको लुगा खोलेकी थिइन्। तर मुस्लिमहरुको कडा शासन रहेको कतारको कानुनअनुसार त्यसका लागि उनले जेल सजाय भोग्नुपर्ने भएको छ।

विश्वकपअघि नै सबै देशका प्रशंसकहरुलाई कतारको कडा र परम्परागत कानुन तथा संस्कृतिको सम्मान गर्न भनिएको थियो। 

कतारको कानुनअनुसार आमरुपमा पुरुष र महिला दुवैका लागि काँध र घुँडा पूरै ढाक्नुपर्ने भनिएको थियो। 

रूढीवादी संस्कृति रहेको कतारमा महिलाहरुलाई कुनै किसिमको खुल्ला कपडा लगाउन निषेध गरिएको थियो। त्यस्तै कुनै अंग देखाउन पनि निषेध गरिएको छ। 

विदेशी महिला पर्यटकहरुलाई पनि पूरै शरीर ढाक्ने कालो लुगा लगाउन आवश्यक नपर्ने नियम बनाइएको थियो। विदेशी महिलाहरुलाई आफ्नो छाती ढाक्नका लागि गलामा स्कार्फ लगाउन भनिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .