कला


अञ्जलीलाई मन पर्छ ब्रिटिस लाहुरे, बिहे अर्को वर्ष

अञ्जलीलाई मन पर्छ ब्रिटिस लाहुरे, बिहे अर्को वर्ष

नेपालखबर
पुस ४, २०७९ सोमबार ११:१०, काठमाडौँ

नेपाली लोकगीतका अधिकांश म्युजिक भिडिओमा सफलताका साथ अभिनय गरेकी मोडल हुन् - अञ्जली अधिकारी। थुप्रै गीतका म्युजिक भिडिओमा देखिएकी अञ्जलीलाई प्रकाश सपुतको ‘बोल माया’बाट दर्शकले अत्यधिक मन पराए। त्यसपछि उनले अभिनय गरेका थुप्रै म्युजिक भिडिओ हिट भए। 

सयौं गीतका म्युजिक भिडिओमा देखिएकी अञ्जलीले त्यसभन्दा पहिला पनि थुप्रै म्युजिक भिडिओमा काम गरिसकेकी थिइन्। तर ‘बोल माया’ गीतमा अभिनय गरेपछि भने उनलाई थुप्रै फिल्ममा काम गर्ने अफर आयो। केही फिल्मका गीतमा नृत्य गरे पनि अञ्जलीले फिल्ममा भने अहिलेसम्म काम गरेकी छैनन्।

अञ्जलीले फिल्ममा अभिनय नगर्नुको पनि कारण छ। सुरुमा त उनलाई फिल्ममा अभिनय गरेर आफ्नो क्यारेक्टरलाई न्याय गर्न सक्छु भन्ने आत्मविश्वास आएन। जब आत्मविश्वास आयो, उनलाई सुहाउने खालको क्यारेक्टरको अफर नआएको अञ्जलीले एक भिडिओ अन्तर्वार्तामा बताएकी छन्। 

अञ्जली भन्छिन्, ‘मलाई टिपिकल गाउँ परिवेशको क्यारेक्टर सुहाउँछ जस्तो लाग्छ। अफर त्यो भन्दा फरक आउँछ। मलाई डोको बोकेको क्यारेक्टर सुहाउँछ, अफर आउँदा चुइँगम पड्काउने आउँछ। त्यसैले अहिलेसम्म फिल्ममा काम गरेको छैन।’

विवाह गर्ने उमेरकी अञ्जलीलाई अहिले विवाहको प्रस्ताव पनि थेगिनसक्नु आइरहेका छन्। उनलाई माग्न आमा–बुवासम्म जाने थुप्रै छन्।

अञ्जली भन्छिन्, ‘परिवारको, बच्चाहरुको रहर मलाई पनि लाग्छ। त्यो लाइफ बाँच्नको लागि अझै एक वर्ष लाग्छ। यो बीचमा आमा-बुवाप्रति केही पूरा गर्नुपर्ने जिम्मेवारी छ। त्यो पछि मेरो जीवनका बारेमा सोच्ने छु।’

अञ्जलीले घरबार गर्न ब्रिटिस लाहुरे मन पर्ने बताएकी छन्। उनले यसको अर्थ अहिले आफू लाहुरेको प्रेममा नरहेको पनि उल्लेख गरेकी छन्।

भन्छिन्, ‘अरुलाई विवाह गर्न डाक्टर, इन्जिनियर मन पर्छ। मेरो रोजाइ फरक छ। मलाई राम्रो लाग्ने लाहुरे हो। लाहुरे मन पर्छ भन्नुको अर्थ म लाहुरेको प्रेममा छु भनेको होइन। तर मलाई लाहुरे मन पर्छ। लाहुरेको पोस्ट मन पर्छ, तर त्यो लाहुरेको मन  पनि राम्रो हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .