खेल


स्पेनीस फुटबल टोलीका कप्तान बुस्केट्सले लिए शन्यास

स्पेनीस फुटबल टोलीका कप्तान बुस्केट्सले लिए शन्यास

नेपालखबर
पुस १, २०७९ शुक्रबार १९:६, काठमाडौँ

स्पेनिस राष्ट्रिय फुटबल टिमका कप्तान सर्जिओ बुस्केट्सले राष्ट्रिय टोलीबाट शन्यास लिएका छन्। ३४ वर्षीय बुस्केट्सको नेतृत्वमा विश्वकपका लागि कतार पुगेको स्पेन अन्तिम १६ बाट बाहिरिएको थियो। 

अन्तिम १६ मा पेनाल्टी सुटआउटमा मोरक्कोसँग पराजित हुँदै स्पेन घर फर्किएको थियो। पेनाल्टी सुटआउटमा स्पेनका ३ वटै प्रहार विफल भएका थिए। बुस्केट्सले पनि गोल गर्न सकेका थिएनन्। 

कोस्टारिकाविरुद्ध ७–० को जितसहित विश्वकपमा शानदार सुरुवात गरे पनि समूह उपविजेता बनेको स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो।

जुन नतिजाका कारण प्रशिक्षक लुइस इनरिकेले राजीनामा दिइसकेका छन्। 

उनको राजीनामा आएको केहीदिनपछि कप्तानले पनि शन्यासको घोषणा गरेका हुन्। उनी स्पेनको २०१० को विश्वकप विजेता टोलीका महत्वपुर्ण सदस्य पनि हुन्। 

३४ वर्षीय डिफेन्सिभ मिडफिल्डर बुस्केट्स बार्सिलोनाको पनि कप्तान हुन्। बार्सिलोनामा उनको सम्झौता अन्तिम चरणमा पुगेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad