ad ad

खेल


रोनाल्डोले बनाए लगातार पाँच विश्वकपमा गोल गर्ने कीर्तिमान

रोनाल्डोले बनाए लगातार पाँच विश्वकपमा गोल गर्ने कीर्तिमान

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ०:४, काठमाडौँ

फिफा विश्वकपमा घाना विरुद्ध गोल गर्दै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन्। 

घानाविरुद्ध खेलको ६३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले पाँच विश्वकपमा लगातार गोल गर्ने कीर्तिमान आफ्नो नाममा गराएका हुन्।  
रोनाल्डोले यसअघि सन् २००६, २०१०, २०१४ र २०१८ को संस्करणमा गोल गरिसकेका थिए। पाँचौ पटक विश्वकप खेलिरहेका रोनाल्डोले गोल गर्दै पेले, उवे सिलर, क्लोज र लियोनल मेस्सीलाई पछि पारेका हुन्। 

३७ वर्षीय खेलाडीले यो पटक विश्वकप खेलेसँगै सबैभन्दा धेरै विश्वकप खेल्ने कीर्तिमानी पनि बराबरी गरे। अर्जेन्टिनी स्ट्राइकर मेस्सी सहित अन्य चार खेलाडीले मात्रै पाँच पटक विश्वकप खेलेका छन्। 

रोनाल्डोले पोर्चुगलका लागि ११८ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा बनाएका छन्।

कीर्तिमानको चाङ बनाएका रोनाल्डो विश्वकपमा गोल गर्ने अहिलेसम्म कै युवा र अनुभवी दुवै खेलाडीको तेस्रो स्थानमा आउँछन्।

यसअघि क्रोएशियाका इभिका ओलिक र डेनमार्कका माइकल लाउड्रपले विश्वकपमा गोल गर्दै सबैभन्दा युवा र जेष्ठ खेलाडी दुवैको कीर्तिमान बनाएका थिए। 

अन्तिम विश्वकप खेलिरहेका रोनाल्डो यो पटक उपाधि जित्दै सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान आफ्नो नाममा बनाउने ध्यानमा छन्। 

पछिल्लो समय खराब लयमा रहेका रोनाल्डोले विश्वकपमा त्यो छविलाई मेटाउँदै नयाँ सिजनका लागि नयाँ क्लबमा सम्भावनाको ढोका खोल्न चाहान्छन्। विश्वकपकै बिचमा क्लब विहिन बनेका रोनाल्डो यो समयलाई अविष्मरणिय बनाउने बाटोमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .