खेल


एमबाप्पेले विश्व कीर्तिमान बनाउँदा मेसीको ८ गोल मात्रै

यी हुन् विश्वकप-२०२६ मा ३ देखि ७ गोल गर्ने २४ खेलाडी
एमबाप्पेले विश्व कीर्तिमान बनाउँदा मेसीको ८ गोल मात्रै

नेपालखबर
साउन ३, २०८३ आइतबार १४:१९, काठमाडौँ

फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप-२०२६ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

आज बिहान विश्वकप-२०२६का लागि अन्तिम खेल खेलेका एम्बाप्पेले जारी विश्वकपमा आफ्नो गोल संख्या १० पुर्‍याएका छन्। उनले आजको खेलमा इंग्ल्यान्डविरुद्ध २ गोल गरे। 

खेलमा फ्रान्सलाई ४-६ ले पराजित गर्दै इंग्ल्यान्डलो तेस्रो स्थान हासिल गरेको छ। 

आजको २ गोलसँगै एमबाप्पेले विश्वकप इतिहासमा २२ गोल गरेर सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। 

उनले जारी विश्वकपमा मात्रै गोल संख्या १० पुर्‍याएर अर्जेन्टिनी कप्तान लियोनल मेसीलाईसमेत उछिनेका हुन्। 

मेसीले जारी विश्वकपमा ८ गोल मात्रै गरेका छन्। यो सँगै उनले अहिलेसम्म खेलका विश्वकका खेलमा गरेको गोलसंख्या २१ पुगेको छ। उनले अब स्पेनविरुद्ध आज राति फाइनल खेल खेल्न बाँकी छ। 

एमबाप्पेले तीन विश्वकपमा २२ गोल गरेका हुन्। योसँगै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा २६ वर्षीय एम्बाप्पे ३९ वर्षाीय मेसीभन्दा अघि आएका हुन्। 

आजको २ गोलसँगै एम्बाप्पेले ‘गोल्डेन बुट’को दौडमा पनि मेसीलाई पछि पारेका छन्। 

विश्वकपमा खेलाडीहरूबीच व्यक्तिगत अवार्डको रुपमा रहने ‘गोल्डेन बुट’ (सुनको जुत्ता) को लागि पनि तिव्र प्रतिस्पर्धा हुन्छ। 

प्रतियोगितामा जुन खेलाडीले बढी गोल गर्छ, उसैले ‘गोल्डेन बुट’ हात पार्छ।

सन् २०२२ को विश्वकपमा एम्बाप्पेले गोल्डेन बुट जितेका थिए। यसपटक पनि  उनले आफूलाई गोल्डेन बुटको सबैभन्दा बलियो दाबेदारको रूपमा उभ्याएका छन्। 

त्यसैगरी जारी विश्वकपमा नर्वेका इर्लिङ हालान्डले ७ गोल गरेका छन् भने इंग्ल्यान्डका जुड बेलिङ्घम र ह्यारी केनले ६-६ गोल गरेर आफ्नो क्षमता देखाएका छन्। 

फ्रान्सका ओसमन डेम्बेले र स्पेनका मिकेल ओयारजाबललले समान ५-५ गोल गर्दा ब्राजिलका भिनिसियल जुलियर, सेनेगलका इस्माइला सार र मेक्सिकोका जुलियर क्विनोन्सले पनि विश्वकप २०२६ मा ४-४ गोल गरेका छन्। 

३ गोल गर्ने खेलाडीमा बेल्जियमका रोमुलु लुकाकु, कंगोका योआने विस्सा, न्युजिल्यान्ड इलिजाह जस्ट, जर्मनीका डेनिज उन्डाभ, स्विटजरल्यान्डका जोहान मान्जाम्भी, ब्राजिलका म्याथ्युज कुन्हा, क्यानाडाका जोनाथन डेबिड, मोरक्कोका इस्माइल साइबरी, नेदरल्यान्ड्सका ब्रायन बोब्री, जर्मनीका कोडी गाक्पो, अमेरिकाका फ्लोरिन बोलोगन छन्। 

त्यसैगरी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, मेक्सिकोका राउल जिमिनेज, बेल्जियमका चाल्र्स डे केटेलर र स्पेनका लाउटारो मार्टिनेजले पनि ३ ३ गोल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad