ad ad

राजनीति


नवलपरासी–१ बाट विनोद चौधरी निर्वाचित

नवलपरासी–१ बाट विनोद चौधरी निर्वाचित

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ०:७, काठमाडौँ

नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

चौधरी २९ हजार ४९५ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिष्पर्धी त्रिपाठीले २२ हजार ३०८ मत ल्याएका छन्। त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गरेका थिए। 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ मा ८४ हजार २ सय २९ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .