फिफा विश्वकप अन्तर्गत उरुग्वे र कोरियाबीचको खेल पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको छ।
एजुकेसन सिटी स्टेडियममा खेलको पहिलो हाफमा दुवै टोलीले राम्रो अवसरको सृजना गरेपनि गोल गर्न सकेनन्।
खेलको १९ औँ मिनेटमा फेडेरिक भल्भर्डेको प्रहारले पोष्टको दिसा लिन नसक्दा उरुग्वे अग्रता बनाउनबाट चुक्याे।
२२ औँ मिनेटमा लुइस सुआरेजले अग्रता बनाउने मौका गुमाए। त्यसको केही सेकेण्डमा नै डर्विन नुनेजको प्रहार गोलरक्षकले बचाउँदा उरुग्वेले अग्रता बनाउन सकेन।
३४ औँ मिनेटमा कोरियाका ह्वाङ उइ–जो को प्रहार पोष्टको माथिबाट आकासिदा अग्रता बनाउने सुन्दर मौका गुमायो।
मंसिर ८, २०७९, बिहीबार
186
Shares
प्रतिक्रिया