विश्वकप फुटबलमा फ्रान्सविरुद्ध अष्ट्रेलियाले एक गोलको अग्रता लिएको छ।
क्रेग गुडविनको उत्कृष्ट गाृलमा फिफा विश्वकपमा फ्रान्सविरुद्ध अष्ट्रेलियाविरुद्ध सुरुवाती अग्रता बनाएको छ।
अल वार्कनस्थित अल जनौव स्टेडियममा खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन्।
केलियन एम्बापे, ओसुमाने डिम्बेले र ओलिभिर गिरोडको आक्रमणमा मैदान उत्रदैछ। फ्रान्स २०१८ कै लयलाई निरन्तरता दिने योजनामा छ। फ्रान्सले यो अघि सन् १९९८ र २०१८ मा विश्वकपको उापधि उचालेका थिए।
अष्ट्रेलियाको आक्रमण भने म्याथु लिक्की, मिच डुके र क्रेज गुडविनले सम्हाल्नेछन्।
पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलियाले २००६ मा मात्र अन्तिम १६ मा स्थान बनाएको थियो। अन्य संस्करणमा भने समुह चरण पार गर्न सकेको छैन। गुडविनले म्याथु लेकीको पासमा बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्।
Shares
प्रतिक्रिया